यौनसम्पर्कको बेला झगडा हुन्छ
यौन सम्पर्कमा सावधानी अपनाउन नसक्दा मानिसहरू जीवनमा घातक रोगको सिकार हुन्छन् । यौन चेतनाको कमी एवं यसमा पर्याप्त सावधानी पनाउन नसक्दा धेरै मानिस यौनजन्य रोगको सिकार भएका घटना हामी दिन–प्रतिदिन सुनिरहेका हुन्छौं । यौनरोगहरू पहिले साधारणजस्तो लागे पनि पछि तिनले विकराल रूप लिएर मानिसको ज्यानसम्म लिएको तथ्यहरूले देखाएका छन । यसका भावनात्मक एवं मनोवैज्ञानिक असरहरू पक्कै छन ।
जहाँसम्म यौनरोग भएको मानिसले यौन आनन्द लिने कुरा छ, शारीरिक एवं मनोवैज्ञानिक हिसाबले नै उनीहरूले आनन्द लिन सक्दैनन् । जुनसुकै किसिमका यौनरोगले मानिसलाई पीडा दिन्छ । यस्तो रोग लागेको अवस्थामा दुख्ने, पोल्ने, चिल्चिलाउने भएकाले मानसिक तथा भावनात्मक रूपले हैरानीको अवस्थामा पुगिएको हुन्छ । पीडाको यस्तो अवस्थामा हुने सम्बन्धले कसरी आनन्द दिन सक्छ र ? अर्को कुरा, आफूलाई यौन रोग छ भन्ने थाहा भैसकेपछि यौनसम्पर्कको अवस्थामा एकले अर्कोलाई त्यो रोग सारिरहेकोमा हीनताबोध र ग्लानि महसुस भैरहेको हुन्छ । त्यसैले यो भावनात्मक तथा मनोवैज्ञानिक समस्या पनि हो । मानिसलाई यस्तो रोगले मूलत: दुई किसिमबाट असर गर्छ ।
यौन आनन्द लिने कुरा त के, रोग विस्तार हुँदै जाँदा यस्ता रोगले जीवन नै समाप्त पार्ने खतरा एकातिर छ भने अर्कातिर लामो समय उपचार नगराउँदा मनमा आउने नकारात्मक सोचले तत्कालको मनस्थिति बिगारिदिने मात्र होइन, दीर्घकालमा मनोवैज्ञानिक समस्याको रूप धारण गर्न पुग्छ र मानिस मनोवैज्ञानिक रूपले कमजोर भै गरिखान नसक्ने अवस्थामा धकेलिन्छ ।
यौन संक्रमणका कारण लाञ्छना सामना गर्नुपर्ने तपाईंजस्तै महिला धेरै छन् । हालै १ सय १७ जना व्यक्तिमा गरिएको एक अनुसन्धानले यौन संक्रमण भएका व्यक्तिहरूले दम्पत्तिमा एक–अर्काबीच समझदारी घट्ने र झगडाले उग्र रूप लिने बताएका छन् । यौनसम्बन्धी धारणामा पनि नकरात्मक सोच वृद्घि भएको पाइएको छ
।
source ekantipur.com


0 comments
Write Down Your Responses