कंगनामाथि चौतर्फी हमला, ब्वाइफ्रेन्ड कुटेकोदेखि 'काला जादु' सम्मको आरोप
वैशाख १७, २०७३- आदित्य पंचोलीजस्तो अघिल्लो पुस्ताका अभिनेता हुन् या अध्ययन सुमनजस्ता पछिल्ला पुस्ताका युवा कंगना रनावतको नाम बलिउडका धेरै अभिनेतासँग जोडिएको छ । ‘क्विन’ र ‘तन्नु वेड्स मन्नु’बाट एकैचोटी सफलताको शिखरमा पुगेकी यी अभिनेत्रीको व्यक्तिगत जीवनमा भने अहिले एकैपटक धेरै प्रहारहरु भइरहेका छन् ।
केही महिनाअघि एक पत्रकार सम्मेलनमा आफ्नो एक ‘सिल्ली पूर्वप्रेमी’ले अरुको ध्यान खिच्नका लागि आफ्नो नाम उपयोग गरेको बताएपछि कंगनाको अहिलेको लफडा सुरु भएको मानिन्छ । उनले त्यो सिल्ली पूर्वप्रेमी भनेर ऋत्विक रोशनलाई भनेकी थिइन् । ऋत्विकको होम प्रोडक्सनका दुई फिल्म ‘काइट्स’ र ‘क्रिस ३’मा यी दुईले सँगै अभिनय गरेका थिए ।
कंगनाले ऋत्विक आफ्नो पूर्वप्रेमी भएको बताएपछि ऋत्विकले आफ्नो त्यस्तो कुनै सम्बन्ध नभएको बताएका थिए । उनले ट्विट गरेर ‘यस्तासँग भन्दा त बरु म पोपसँग सम्बन्ध बनाउँछु’ भनेका थिए । त्यसपछि यी दुवैले एकअर्कालाई कानुनी चेतावनीहरु पठाए । कंगनाले ऋत्विकलाई आफ्नो इमेल र फोटोहरु सार्वजनिक गरेको आरोप लगाइन् । तर, ऋत्विकले कंगनाले नै आफ्नो नामको नक्कली इमेल खोलेको आरोप लगाए ।
उनीहरुको आरोप प्रत्यारोप अन्त्यतिर पुगिरहेका बेला कंगनाका पूर्वप्रेमी अध्ययन सुमन नयाँ आरोपहरु लिएर बाहिर निस्किए । अभिनेता शेखर सुमनका छोरा अध्ययन एक–डेढ वर्ष कंगनासँग प्रेमसम्बन्धमा थिए । यी दुईले सँगै फिल्म पनि खेलेका थिए ।
डिएनए पत्रिकालाई दिएको अन्तर्वार्तामा अध्ययनले कंगनाले आफूलाई गाली गर्ने, पिट्नेदेखि ‘कालो जादु’को प्रयोग पनि आफूमाथि गरेको आरोप लगाएका छन् । उनले कंगनाका पहिलेका प्रेमी आदित्य पंचोलीले आफ्ना पितालाई फोन गरेर कंगना ‘साइको’ भएको बताएको भन्दै नभन्दै कंगनाले त्यस्तै व्यवहार देखाएको पनि बताएका छन् ।
आफ्नो फिल्मी करिअर नै कंगनाले समाप्त पारिदिएको पनि उनले बताएका छन् । ‘कंगना कहिले मलाई राति १२ बजे घरमा पुजा छ भनेर बोलाउँथिन् । उनको अपार्टमेन्टको एउटा कोठामा अनेकखाले मुर्तिहरु थिए । तिनलाई कालो कपडाले छोपेर राखिएको हुन्थ्यो,’ अध्ययनले बताएका छन्


0 comments
Write Down Your Responses