वैशाख १७, २०७३-
चलचित्रकै सामग्रीलाई आफ्नो विषय बनाई प्रसारण हुँदै आएको टिभी फिल्मीमा दुई चलचित्रकर्मीका छोरी भिडियो जक्कीका रूपमा प्रस्तुत भएका छन् ।

कलाकार सुनिलदत्त पाण्डेकी छोरी श्रेया पाण्डे तथा चलचित्रका निर्माण नियन्त्रक नगेन्द्र घिमिरेकी छोरी नेहा घिमिरे टिभी फिल्मीमा भिजेका रूपमा आबद्ध भएका हुन् । बीबीए अध्ययनरत श्रेयाले यसअघि साप्ताहिक–पपैया सन् ग्ल्याम हन्ट–२०१४ मा सहभागिता जनाएकी थिइन् । व्यवस्थापन विषयकी छात्रा नेहाले केही चलचित्रमा बालकलाकारका रूपमा काम गरेकी छिन् । नेहाले सन् २०१३ को मिस एसएलसी नेपालमा सहभागिता जनाएकी थिइन् भने केही र्‍याम्प फेसन शोमा क्याटवाकसमेत गरेकी छिन् ।

रगतमै सिनेमा भएका श्रेया र नेहाले चलचित्र अभिनयमा भने रुचि देखाएका छैनन् । यद्यपि टेलिभिजनमा आफूलाई स्थापित गराउने उनीहरूको योजना छ । नयाँ वर्ष २०७३ को आगमनसँगै टेलिभिजनको पर्दामा देखिएकी नेहा हरेक दिन दिउँसो ३ बजे प्रसारण हुने ‘एसएमएस ४९९९’ तथा श्रेया हरेक साँझ ५ बजे प्रसारण हुने ‘फिल्मी बज’ कार्यक्रमार्फत दर्शकमाझ पुगिरहेका छन् ।

,

0 comments

Write Down Your Responses