सलमानको फिल्ममा अनुश्का ‘रेस्लर
वैशाख १७, २०७३- सलमान खानले कुस्तीबाज सुल्तान अलि खानको भूमिकामा अभिनय गरेको फिल्म ‘सुल्तान’को नयाँ पोस्टर सार्वजनिक गरिएको छ । पोस्टरमा अनुश्का शर्मा रेस्लर (कुस्तीबाज)को रुपमा देखिएकी छन् ।ग्ल्यामर र चुलबुले युवतीको भूमिकामा देखिदै आएकी अनुश्काको यसमा पनि त्यो रुप देखिएको छैन । कुस्ती मैदानमा अनुश्काले एक युवकलाई पछार्दै गरेको तस्बिरमा देखिएको छ । इदमा रिलिज हुने यो फिल्मलाई यस वर्षको सबभन्दा प्रतीक्षित फिल्म मानिएको छ ।

0 comments
Write Down Your Responses