नेपाललाई फेरि ९ गोल


वैशाख १७, २०७३- नेपाली टिमले एएफसी यू–१४ गर्ल्स रिजनल च्याम्पियनसिपको दोस्रो खेलमा बिहीबार बंगलादेशसँग पनि ९–० को हार बेहोरेको छ । अघिल्लो दिन भारतसँग उही अन्तरले हारेको नेपालले गोलको खाता नखोल्दै १८ गोल बेहोरेर प्रतियोगिता टुंग्यायो ।

ताजकिस्तानमा भइरहेको दक्षिण तथा मध्यएसियाली क्षेत्रको प्रतियोगिताको समूह ‘बी’ मा बंगलादेशी कप्तान मारजिया र अनुचिन मोगिनीले ह्याट्रिक गरेका थिए । त्यस्तै टोहुराले दुई तथा साजेदाले एक गोल गरेका थिए । बंगलादेशले पहिलो हाफमै ६ गोल गरेको थियो ।

नेपालले सुधारिएको प्रदर्शन गरे पनि बंगलादेश बलियो भएकाले धेरै गोल बेहोर्नुपरेको प्रशिक्षक विनोद लामाले प्रतिक्रिया दिएका छन् । अर्को समूहको खेलमा इरानले भुटानलाई ७–० ले हरायो भने ताजकिस्तान र किर्गिस्तानले १–१ को बराबरी खेले ।

,

0 comments

Write Down Your Responses