हस्तमैथुनका फाइदा
हामीले हस्तमैथुन गर्ने नै यौनसन्तुष्टिका लागि हो । सर्वप्रथम त हस्तमैथुनले यौनइच्छाको दमनबाट हुने तनावबाट मुक्ति दिन्छ । भनिन्छ, तनावबाट मुक्तमान्छे बढी सकारात्मक रूपमा सिर्जनशील हुन सक्छ अनि यौनको दृष्टिकोणवाधट पनि तनावमुक्त हुनुको आफ्नै भूमिका हुन्छ ।
अहिले हामी अनेकौं यौन अपराधका घटनाहरू सुन्छौं । हस्तमैथुनले यौनचाहना शान्त पार्न मद्दत पुर्याउने भएकाले कतिपय यौन अपराध कम गर्न सहयोग पुग्छ भन्नेहरू पनि थुप्रै छन् ।
विवाहपूर्व यौनेच्छा शान्त पार्न देहव्यापारीसँग यौनसम्पर्क गरिन्छ । त्यसो नभए पनि अन्य केटी वा केटा यौनसाथीसँग यौन सम्पर्क राखिन्छ । यस्ता क्रियाकलापमा समय र पैसा दुवै खर्च हुने स्थिति हुन्छ । समाजका अन्य व्यक्तिहरूले थाहा पाउँदा बेइज्जतिको सामना गर्नुपर्ने हुन्छ । अर्कातिर आत्मग्लानि हुने त छँदैछ । यस्ता यौन सम्पर्कबाट एचआईभी वा यौनरोग सर्ने सम्भावना पनि त्यत्तिकै हुन्छ । हस्तमैथुन गर्दा यस्तो समय र पैसा खर्च नहुने मात्र होइन, रोगबाट पनि जोगिन सकिन्छ । केटा वा केटीको यौनसम्पर्कमा गर्भधारणको सम्भावना हुन्छ नै । यस्तो गर्भधारण अनिच्छित भए त्यसको थप असर पर्छ । हस्तमैथुनले यस्ता समस्याबाट पनि जोगाउँछ ।
यौनआनन्द प्राप्त गर्न सहयोग गर्ने भएकाले यसले तनाव तथा निराशा कम गर्छ । यहाँ भन्नु पर्दैन कि यसले मनस्थिति लाई राम्रो अवस्थामा राख्छ । पुरुषहरूमा शीघ्र स्खलनको समस्या हुनेहरूले यस्तै २ घण्टाअघि हस्तमैथुन गरेपछि यौनसम्पर्कमा संलग्न हुँदा सहयोग मिल्ने देखिएको छ । नियमित रूपमा यौनसम्पर्क नभएका बेलामा पनि हस्तमैथुन गरेर वीर्य स्खलन हुँदा नयाँ शुक्रकीट आउने भएकाले शुक्रकीटको राम्रो गुणस्तर हुने बताइन्छ ।
महिलाहरूको सन्दर्भमा पनि कुरा गरौं । महिलाहरूले हस्तमैथुन गर्दा एक किसिमले यौनाङ्ग अनि जाँघ क्षेत्रको मांसपेशीको कसरत हुन्छ । हस्तमैथुन नै गरेर भए पनि यौन चरमसुख प्राप्त गर्दा पनि योनिमुखको रस बाहिर आउँछ र संक्रमणलाई कम गर्न सहयोग मिल्छ । हस्तमैथुनकै माध्यमबाट भए पनि चरमसुख प्राप्त गर्दा महिनावारीका बेला तल्लो पेट दुख्ने समस्या केही भए पनि कम हुन्छ । हस्तमैथुन गर्ने महिलाले आफ्नो शरीरका बारेमा त्यसमा पनि यौन संवेदनशील अङ्गका बारेमा राम्रोसँग थाहा पाउँछन् अनि यौन साथीसँग यौनसम्पर्क गर्दा कसरी यौन सुख प्राप्त गर्न सकिन्छ भनेर बताउँदा दुवैलाई अझ बढी आनन्द आउँछ । यौनसम्पर्क जस्तै केही हदमा भए पनि हस्तमैथुन गर्दा शारीरिक रूपमा व्यायाम जस्तै हुने भएकाले स्वास्थ्यमा सकारात्मक असर पर्छ ।
विभिन्न कारणले श्रीमान्–श्रीमती वा प्रेमी–प्रेमिकाको बीच लामो समयसम्म यौनसम्पर्क नहुने स्थिति सिर्जना हुनसक्छ । यस्तो बेला अन्य कुनै व्यक्तिसँग यौनसम्पर्क गरेर यौन सन्तुष्टि लिन खोजियो भने परिवारनै विखण्डन हुन सक्छ । हस्तमैथुनले त्यस्तो स्थिति सृजना हुन नदिई सम्बन्ध जोगाउन सहयोग गर्छ ।
हस्तमैथुनका फाइदा के–के होलान् ?

0 comments
Write Down Your Responses