मेरी श्रीमती लिंगभन्दा पनि औंलाबाट यौनसन्तुष्टि प्राप्त हुन्छ भन्छिन् । नियमित औंलामार्फत यौन क्रियाकलाप गर्दा कुनै नकारात्मक असर पर्छ कि पर्दैन ?
७२८९
महिलाले कसरी यौनसन्तुष्टि प्राप्त गर्छन् ?
मानव यौन प्रतिक्रिया चक्र चारवटा चरण १. एक्साइटमेन्ट फेज, २. प्लाटो फेज ३. अर्गाज्म फेज र ४. रिजोलुसन फेजबाट गुज्रन्छ । प्लाटो फेजमा भएको यौन Stimulation निरन्तर रूपमा बढाउँदै लान सके एउटा त्यस्तो बिन्दुमा पुगिन्छ जहाँ व्यक्ति यौन तनावबाट मुक्त हुन्छ । यसको अवधि निकै छोटो भए पनि मानव यौन जीवनमा त्यसको विशेष महत्व छ, किनभने यसैबेला नै मानिसले प्राप्त गर्न सक्ने सुख वा आनन्दहरूमध्ये सायद सर्वोत्कृष्ट सुखको अनुभव गर्छ । यसैलाई चरमसुख भनिन्छ । स्वर्गीय आनन्द, चरम आनन्दजस्ता कैयौं शब्द यसका लागि प्रयोग हुन्छन् । तपाईंकी श्रीमतीले प्रयोग गर्नुभएको सन्तुष्टि शब्दले यसैलाई संकेत गरेको हुनुपर्छ ।
आधारभूत रूपमा महिला तथा पुरुषमा यौन प्रतिक्रिया चक्र उस्तै भए पनि केही कुरामा भने फरक पाइन्छ । कतिपय महिलालाई चरमसुखको चरणसम्म पुग्न पुरुषको भन्दा बढी सयम लाग्न सक्छ । यदि चरमसुखको चरणपछि पनि यौन स्टिमुलेसन निरन्तर रूपमा भैरह्यो भने कतिपय महिलाले एकपल्टभन्दा बढी चरमसुख प्राप्त गर्न सक्छन्, तर पुरुषहरूमा भने त्यस्तो हुँदैन । महिला तथा पुरुषबीचको सबैभन्दा महत्वपूर्ण फरक Refractory Period हो । पुरुषलाई चरमसुख पाएपश्चात् केही समयका लागि यौन रूपमा उत्तेजित गर्न सकिंदैन ।
औंलाबाट यौनसन्तुष्टि प्राप्त हुन्छ

0 comments
Write Down Your Responses