नुहाउन गएकी २ किशोरीको डुबेर मृत्यु

वैशाख १५, २०७३- बैतडीको कटौजपानी गाविस ९ भौनेली गााउमा खोलामा नुहाउन गएकी दुई किशोरीको तालमा डुबेर ज्यान गएको छ ।

बुधबार साझ ५ बजेतिर स्थानीय भकुण्डे खोलामा पानी जम्मा गरी बनाएको तालमा नुहाउदै गर्दा स्थानीय नन्दराज जोशीकी १५ वर्षीया छोरी राधिका र नरेन्द्र जोशीकी १५ वर्षीया छोरी माधवी जोशीको डुबेर मृत्यू भएको स्थानीयले बताए । दुबै किशोरी स्थानीय रौलेश्वर मावि मल्लाढिकमा कक्षा ९ मा अध्यनरत थिइन ।

0 comments

Write Down Your Responses