पैसा कमाउने यान्त्रिक गाई
वैशाख ११, २०७३-
पोखरा छोरेपाटनस्थित गुप्तेश्वर महादेव गुफाभित्र निर्मित यान्त्रिक कामधेनु गाई सबैको आकर्षणको केन्द्र बनेको छ ।
१ लाख ८० हजार रुपैयाँमा निर्माण गरिएको उक्त यान्त्रिक कामधेनु गाईलाई दाना ख्वाएपछि दूध र गहुँत दिने व्यवस्था मिलाइएको छ । वि.स. २०६४ मा निर्मित यो यान्त्रिक कामधेनु गाईको दर्शनका लागि रु. १० को गुच्चा खरिद गरी उक्त गुच्चा गाईको नजिकै रहेको प्वालमा राखिदिनुपर्छ । त्यसपछि यो गाईले दूध तथा गहुँत दिन्छ ।
गहुँतबाट आफूलाई शुद्धीकरण गरी दर्शनार्थीहरू गाईले दिएको दूधलाई गुफाभित्र रहेको भगवान् शिवको मूर्तिमा चढाउँछन् । यो कामधेनु गाईको मूर्ति सुर्खेतका मूर्तिकार तिलक सेञ्चुरीले निर्माण गरेका हुन् ।

0 comments
Write Down Your Responses