बाबुरामले भने, ‘ओली राष्ट्रवादको खतरनाक खेल खेल्दैछन्’

>वैशाख १४, २०७३- साताव्यापी मधेस दौडाहाबाट राजधानी फर्केका नयाँ शक्ति नेपालका संयोजक एवं पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले नेपालीको पुनर्परिभाषा हुनुपर्ने बताएका छन् । राजधानीस्थित दलको मुख्यालयमा मंगलबार मधेसी अधिकारकर्मी, बुद्धिजीवी र कानुन व्यवसायीसँग भेट्तै भट्टराईले ३ हजार वर्ष लामो इतिहास पन्छाउँदै अघि बढाउन खोजिएको २ सय ५० वर्षको खस जाति र समुदायकेन्द्रित अन्धराष्ट्रवादले समग्र नेपालको पहिचान बोक्न नसक्ने भन्दै नेपालीको पुनर्परिभाषाका लागि जागरण फैलाउन आग्रह गरे ।

‘प्रधानमन्त्री केपी ओली राष्ट्रवादका नाममा खतरनाक खेल खेल्दैछन्, प्रचण्ड त्यसैमा मिसिएका छन्,’ भट्टराईले भने, ‘अहिले त सत्तामा बस्नेले अन्धराष्ट्रवादको प्रबर्द्धन गरिरहेका छन्, जनताको स्तरमा सौहार्दता नै छ, तर यसलाई सत्ताले भँडाउन मलजल गरिरहेको हुनाले नागरिक भूमिका चाहिएको छ ।’ भारत र चीनसँग सम्मानजनक सम्बन्ध राख्दै अघि बढ्नुपर्नेमा सरकार एक पक्षलाई चिढ्याउने, अर्को पक्षप्रति अतिरिक्त झुकाव राख्ने गतिविधि गरिरहेको उनको आरोप थियो । ‘फासिवादको पूर्वाभ्यास भइरहेको छ, लोकतान्त्रिक विधिबाट सबै पक्षसग संवाद गर्दै उग्र सोचको अन्त्य गर्नुपर्नेमा उल्टो बाटो अपनाइयो,’ उनले सरकारलाई संकेत गर्दै भने ।


वैशाख १४, २०७३- साताव्यापी मधेस दौडाहाबाट राजधानी फर्केका नयाँ शक्ति नेपालका संयोजक एवं पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले नेपालीको पुनर्परिभाषा हुनुपर्ने बताएका छन् । राजधानीस्थित दलको मुख्यालयमा मंगलबार मधेसी अधिकारकर्मी, बुद्धिजीवी र कानुन व्यवसायीसँग भेट्तै भट्टराईले ३ हजार वर्ष लामो इतिहास पन्छाउँदै अघि बढाउन खोजिएको २ सय ५० वर्षको खस जाति र समुदायकेन्द्रित अन्धराष्ट्रवादले समग्र नेपालको पहिचान बोक्न नसक्ने भन्दै नेपालीको पुनर्परिभाषाका लागि जागरण फैलाउन आग्रह गरे ।

‘प्रधानमन्त्री केपी ओली राष्ट्रवादका नाममा खतरनाक खेल खेल्दैछन्, प्रचण्ड त्यसैमा मिसिएका छन्,’ भट्टराईले भने, ‘अहिले त सत्तामा बस्नेले अन्धराष्ट्रवादको प्रबर्द्धन गरिरहेका छन्, जनताको स्तरमा सौहार्दता नै छ, तर यसलाई सत्ताले भँडाउन मलजल गरिरहेको हुनाले नागरिक भूमिका चाहिएको छ ।’ भारत र चीनसँग सम्मानजनक सम्बन्ध राख्दै अघि बढ्नुपर्नेमा सरकार एक पक्षलाई चिढ्याउने, अर्को पक्षप्रति अतिरिक्त झुकाव राख्ने गतिविधि गरिरहेको उनको आरोप थियो । ‘फासिवादको पूर्वाभ्यास भइरहेको छ, लोकतान्त्रिक विधिबाट सबै पक्षसग संवाद गर्दै उग्र सोचको अन्त्य गर्नुपर्नेमा उल्टो बाटो अपनाइयो,’ उनले सरकारलाई संकेत गर्दै भने |

0 comments

Write Down Your Responses