किमको लिलाम
वैशाख १६, २०७३-
एक रिपोर्टअनुसार रियालिटी टेलिभिजन स्टार किम कार्दशिनले सन् २०१४ मा २ करोड रुपैयाँमा आफ्ना बहुमूलय सामग्री लिलाम गरिन् ।
उनले प्राप्त धनराशिमध्ये केही हिस्सा च्यारिटीका निम्ति विभिन्न संगठनलाई प्रदान गरेकी थिइन् । ती सामग्रीको बिक्री अनलाइन अक्सनको माध्यमबाट गरिएको थियो । लिलामीबाट भएको आम्दानीको १० प्रतिशत उनले च्यारिटीमा खर्चिएको बताईन्छ । किमले २१ हजार डलर डोनेट गरेकी थिइन् । मियामीस्थित एक चर्च र क्यालिफोर्नियामा कार्यरत एक गैरसरकारी संस्थाले उक्त रकम प्राप्त गरेका थिए । किमका अनुसार उनी हरेक वर्ष आफूले प्रयोग गरेका सामग्री लिलामी गर्न चाहन्छिन् ।
कन्ट्रोभर्सी क्विन किम चर्चाका निम्ति जस्तोसुकै हतकन्डा प्रयोग गर्न पछि पर्दिनन् । स्मार्ट किमसँग बजारमा आफूलाई कसरी सेलेबल बनाउने भन्ने गजबको आइडिया भएको विश्लेषकहरू बताउँछन् ।


0 comments
Write Down Your Responses