पोखरा, २३ चैत। नेकपा (एमाले) कास्की क्षेत्र नं. २ ले सर्वसाधारणले अझै पनि सहज रुपमा खाना पकाउने ग्याँस पाउन नसकेकाले आपूर्र्ति तत्काल सहज बनाउन माग गरेको छ।
लामो नाकाबन्दीको पीडापछि पनि जनताले दुःख पाएकोमा सम्बन्धित पक्षको ध्यान आकृष्ट गराउँदै अझै पनि पहुचवालालाई ग्याँस वितरण गर्ने, बढी मूल्यमा बेच्ने, लाइनमा बसेकालाई उपलब्ध नदिने पाइएकाले यस्तो कार्य तत्काल नियन्त्रण गर्न जिल्ला प्रशासन कार्यालय कास्की र सरकारसँग माग गरेको छ। एमाले कास्की क्षेत्र नं. २ को विस्तारित बैंठकले कालोबजारी नियन्त्रण गर्न माग गर्दै यस्तो निर्णय गरेको हो।
वैठकले सम्पन्नका लागि दर्जनौं सुविधा सम्पन्न पार्टीप्यालेस बनिसकेकाले सर्वसाधारणको पहुँचमा रहेको पोखरा सभागृह भाडामा दिने प्रक्रिया तत्काल रोक्न माग गरेको छ।
बैठक नेकपा (एमाले) कास्की क्षेत्र नं. २ का अध्यक्ष जीवन आचार्यको अध्यक्षता, उपाध्यक्ष ध्रुव पराजुलीको स्वागत र सचिव पूर्ण लामाले सञ्चालन गरेको प्रचार विभाग प्रमुख डिबी राईले जानकारी दिए।
ग्याँस कालोबजारी रोक’

0 comments
Write Down Your Responses