मनोरञ्जन कपिलको नयाँ शो १३ हप्तामात्रै

वैशाख १४, २०७३- भारतीय कमेडियन कपिल शर्माको सोनी टेलिभिजनमा गत आइतबारबाट सुरु भएको नयाँ हाँस्य कार्यक्रम ‘द कपिल शर्मा सो’ १३ हप्ता मात्र प्रदर्शन हुने भएको छ ।

भारतीय मिडियाका अनुसार कपिलले उक्त कार्यक्रमको २६ भाग मात्र सुटिङ गर्ने र १३ हप्ता देखाउने जानकारी दिएका छन् । यसअघि कलर्स टेलिभिजनबाट प्रशारित भएको ‘कमेडी नाइट्स विथ कपिल’ अत्याधिक हिट थियो । टेलिभिजन कम्पनीसँग कुरा नमिलेपछि उनले सोनी टेलिभिजनसँग मिलेर नयाँ कार्यक्रम सुरु गरेका थिए ।

‘जब हामीले कमेडी नाइट्स विथ कपिल सुरु गरेका थियौं त्यसबखत पनि निश्चित भागको सिरिज बनाउने भन्ने थियो,’ उनले भनेका छन्, ‘कार्यक्रम अत्यन्तै मनपराइएकोले हामीले त्यसलाई निरन्तरता दिने निर्णय गरेका थियौं ।’

कपिलका अनुसार अहिलेको नयाँ कार्यक्रम भने २६ भागको मात्र हुने तय भइसकेको छ । त्यसपछि केही समय ब्रेक लिने र फेरी पुन: अर्को सिजन सुरु हुनेछ ।


0 comments

Write Down Your Responses